कीटाणुनाशक स्प्रेले काेराेना भाइरसबाट बचाउन सक्दैन, छर्कनु बेकार : डब्ल्यूएचओ

 जेठ ४, २०७७ आइतबार १४:१८:२५ | एजेन्सी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – विश्वका विभिन्न देशमा सडकलाई काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त गर्ने नाममा कीटाणुनाशककाे प्रयाेग भइरहेकाे छ । तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यस्ताे कदमप्रति चेतावनी दिँदै कीटाणुनाशक स्प्रेले काेराेना भाइरस समाप्त नहुने र स्वास्थ्यमा पनि प्रतिकूल असर पार्न सक्ने बताएकाे छ ।

काेभिड–१९ काे महामारीलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य सङ्गठनले शनिबार स्वच्छता र सतहलाई कीटाणुमुक्त गर्नका लागि एक निर्देशिका सार्वजनिक गर्दै भाइरस समाप्त गर्न कीटाणुनाशक छर्कनुकाे कुनै असर नपुग्ने बताएकाे हाे ।

डब्ल्यूएचओले भनेकाे छ, 'सडक वा बजारमा काेराेना भाइरस वा अन्य राेगकाे कीटाणु समाप्त गर्न ग्यासकाे रुपमा कीटाणुनाशक स्प्रेकाे प्रयाेग नगर्न सल्लाह दिन्छाैँ किनकि धुलाे र ग्यासले पनि याे कीटाणुलाई कुनै असर गर्दैन ।'

निर्देशिकामा के भनिएकाे छ ?

सडक र फुटपाथ काेराेना भाइरसकाे आश्रयस्थल हाेइन कीटाणुनाशक स्प्रे छर्कुन मानव स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । कहिल्यै पनि मानिसमाथि कीटाणुनाशक नछर्कन सल्लाह दिइन्छ । याे शारीरिक र मानसिक रुपमा हानिकारक हुन सक्छ ।

कुनै सङ्क्रमित व्यक्तिले दाेस्राे व्यक्तिमा सङ्क्रमण फैलाउने क्षमतामा यसले असर गर्दैन । क्लाेरिन वा अन्य कुनै विषालु रसायनकाे प्रयाेगले आँखा वा छालामा जलन, श्वासप्रश्वासमा समस्या वा पेटसम्बन्धी राेग निम्तिन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनले घरभित्र कीटाणुनाशक स्प्रेकाे प्रयाेगप्रति पनि चेतावनी दिएकाे छ । 'यदि कीटाणुनाशक स्प्रेकाे प्रयाेग गरिन्छ भने स्प्रेलाई कपडामा भिजाएर पुछ्नु पर्छ', डब्ल्यूएच‌ओले भनेकाे छ । विश्वभर तीन लाखभन्दा धेरैकाे ज्यान लिएकाे भाइरस सतह वा कुनै चीजमा रहन सक्छ ।

यद्यपि काेराेना भाइरस कुनै सतहमा कति समयसम्म रहन्छ भन्नेबारेमा पूर्ण जानकारी प्राप्त भइसकेकाे छैन । याे भाइरस कुनै सतहमा कैयाैँ दिनसम्म अस्तित्वमा रहन सक्ने अध्ययनमा बताइएकाे छ । यसबारेमा विस्तृत र पूर्ण अध्ययन भइरहेकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया