इजरायलका लागि चिनियाँ राजदूत आफ्नै निवासमा मृत भेटिए

 जेठ ४, २०७७ आइतबार १५:२५:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इजरायलका लागि चिनियाँ राजदूत डु वुई तेल अवीवकाे उपनगरीय क्षेत्र हर्जलियामा रहेकाे आफ्नै निवासमा मृत भेटिएकाे इजरायली अधिकारी र सञ्चारमाध्यमले जनाएका छन् ।

५७ वर्षीय डु वेई ओछ्यानमा मृत भेटिएकाे र ज्यान जानुकाे कारण खुलिसकेकाे छैन । उनी गएकाे फेब्रुअरीमा मात्र राजदूतमा नियुक्त भएका थिए, यसअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत थिए ।

इजरायली प्रहरीका प्रवक्ताले राेयटर्ससँग भने, 'घटनाबारे नियमित प्रक्रिया अन्तर्गत प्रहरी टाेली घटनास्थलमा खटिएकाे छ ।' एक स्वास्थ्यकर्मीकाे भनाइलाई उद्धृत गर्दै इजरायलकाे च्यानल १२ टिभीले प्रारम्भिक रुपमा राजदूत डु वेईकाे निधन प्राकृतिक कारणले भएकाे बताएकाे छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया