काेराेना भाइरस : स्पेनमा २ महिनामा पहिलाे पटक ज्यान गुमाउनेकाे सङ्ख्या सयभन्दा कम

 जेठ ४, २०७७ आइतबार १७:१३:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – स्पेनमा काेराेना भाइरसकाे सङ्क्रमणबाट दैनिक ज्यान गुमाउनेकाे सङ्ख्याकाे नयाँ आँकडा सार्वजनिक गरिएकाे छ । 

स्पेनमा दुई महिनामा पहिलाे पटक ज्यान गुमाउनेकाे सङ्ख्या सयभन्दा तल भएकाे हाे । आइतबार काेराेना सङ्क्रमणकाे कारण ८७ जनाकाे ज्यान गएकाे बताइएकाे छ । 

स्पेन काेराेना महामारीबाट सबैभन्दा धेरै प्रभावित हुने देशमध्ये एक हाे । स्पेनमा अहिलेसम्म काेराेना सङ्क्रमणकाे कारण २७ हजार ६ सयभन्दा धेरैकाे ज्यान गएकाे छ । 

त्यस्तै सङ्क्रमितकाे सङ्ख्या दुई लाख ३१ हजार तीन सयभन्दा धेरै छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया