काेराेना भाइरस : ब्राजिलकाे साओ पाउलाेका अस्पतालहरु 'पतन नजिक'

 जेठ ५, २०७७ सोमबार १४:२:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ब्राजिलकाे सबैभन्दा ठूलाे शहर साओ पाउलाेका मेयरले काेराेना भाइरसकाे महामारीसँग लड्न आपत्कालीन बेडकाे माग बढ्दा शहरकाे स्वास्थ्य प्रणाली ध्वस्त हुन सक्ने बताएका छन् । 

मेयर ब्रुनाे काेभासले शहरकाे सार्वजनिक अस्पतालमा बिरामीकाे उपस्थिति ९० प्रतिशत क्षमतासम्म पुगिसकेकाे र अबकाे दुई हप्तामा ठाउँ नै उपलब्ध नरहने बताएका हुन् । 

उनले लकडाउनकाे उल्लङ्घन गर्नेहरुले रुसी जनताकाे जीवनसँग खेलवाड गरेकाे आराेप लगाएका छन् । 

साओ पाउलाे काेराेना भाइरसबाट प्रभावित ब्राजिलकाे क्षेत्रमध्ये एक पर्छ, जहाँ तीन हजारभन्दा धेरैकाे ज्यान गइसकेकाे छ । 

आइतबार ब्राजिलले स्पेन र इटलीलाई उछिन्दै सङ्क्रमित हुने सङ्ख्याकाे आधारमा चाैथाे नम्बरमा उक्लिएकाे छ । 

ब्राजिलका स्वास्थ्य मन्त्रीले पछिल्लाे २४ घण्टामा सात हजार नाै सय ३८ जनामा नयाँ सङ्क्रमण देखिएकाे जनाएका छन्, अब ब्राजिलमा काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई लाख ४१ हजारभन्दा धेरै भएकाे छ । सङ्क्रमितकाे हिसाबले ब्राजिलभन्दा अगाडि अमेरिका, रुस र बेलायत रहेका छन् । 

ल्याटिन अमेरिकी देशमा पछिल्लाे २४ घण्टामा चार सय ८५ जनाकाे ज्यान गएकाे छ, अब ज्यान गुमाउनेकाे सङ्ख्या १६ हजार एक सय १८ भएकाे छ । सङ्क्रमणबाट ज्यान गुमाउनेकाे हिसाबले विश्वकाे पाँचाैँ नम्बरमा आइपुगेकाे छ । 

स्वास्थ्य विज्ञहरुले ब्राजिलमा सङ्क्रमितकाे सङ्ख्या सार्वजनिक भएकाे भन्दा धेरै हुन सक्ने बताएका छन् । परीक्षणकाे अभावमा यस्ताे भएकाे हुन सक्ने उनीहरुकाे दाबी छ ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया