दुबईका ७० प्रतिशत कम्पनी आउँदाे ६ महिनामा बन्द हुन सक्छन् : सर्वेक्षण

 जेठ ९, २०७७ शुक्रबार १३:४३:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिरहेकाे काेराेना भाइरसकाे असर विश्वका धेरै क्षेत्रमा देखिएकाे छ । यसबाट दुबई पनि अछुताे रहन सकेकाे छैन ।  दुबई चेम्बर अफ् कमर्सकाे एक सर्वेक्षण अनुसार दुबईका झण्डै ७० प्रतिशत व्यापार काेराेना भाइरस महामारीकाे कारण आउँदाे ६ महिनामा बन्द हुन सक्छ । 

बिहीबार साँझ याे सर्वेक्षणकाे नतिजा सार्वजनिक गरिएकाे थियाे । 'दुबईका ९० प्रतिशतभन्दा धेरै कम्पनीहरुकाे अनुसार सन् २०२० काे पहिलाे तीन महिनामा उनीहरुकाे व्यापार र नाफामा भारी गिरावट आएकाे छ', सर्वेक्षणमा भनिएकाे छ । 

दुबई चेम्बर अफ् कमर्सका अनुसार महामारीकाे कारण विश्वकाे आर्थिक व्यवस्था सुस्त हुँदाकाे सबैभन्दा धेरै असर साना र मझाैला उद्याेगमा परेकाे छ । 

पर्यटन क्षेत्रसँग जाेडिएकाे अधिकांश कम्पनी, रियल स्टेटकाे आधाभन्दा धेरै कम्पनी, हाेटल–रेस्टुरेन्टका मालिकसहित रिटेल उद्याेगसँग जाेडिएका व्यक्तिहरुकाे अनुसार उनीहरुकाे काममा ७० प्रतिशतसम्मकाे गिरावट आइसकेकाे छ र दाेस्राे तीन महिनाकाे नतिजा अझ भयानक हुनेछ । 

सर्वेक्षणमा सहभागी भएका ४८ प्रतिशत कम्पनीका अनुसार उनीहरुसँग याे महामारीबाट छुटकारा पाउने कुनै तयारी याेजना छैन । 

यद्यपि यी कम्पनीले काेभिड–१९ काे प्रकाेपलाई सीमित गर्नकाे लागि केही उपाय अपनाइएकाे बताएका छन् । आफ्नाे उपस्थितिमा काेराेनाकाे असर कम पर्न दिन केही उपाय अपनाइएकाे उनीहरुकाे भनाइ छ । 

दुबईमा रहेका कम्पनीमाथि काेराेना भाइरस महामारीकाे असर कम गर्नकाे लागि के गर्न सकिन्छ भनेर दुबई चेम्बर अफ् कमर्सले केही सुझाव पनि दिएकाे छ । 

संस्थाले कम्पनीहरुले कानुनी कारबाहीमा राहत पाउनुपर्ने, भाडामा केही राहत पाउनुपर्ने, उनीहरुसँग जाेडिएका सरकारी खर्चमा कमी गर्नुपर्ने र सरकारी शुल्क माफीसहित फाइनान्सकाे प्रस्ताव पनि गरिनुपर्ने बताएकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया