नयाँ बानेश्वरका तीन घर सिल

 जेठ ११, २०७७ आइतबार ८:१५:४३ | रासस
unn.prixa.net

काठमाणडाै - कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी बस्ने घरसहित काठमाण्डौ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।
 
सङ्क्रमित प्रहरी नयाँ बानेश्वरमा रहेकाे भरोसा अस्पताल पछाडि बस्ने भएकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिनुभयो । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ ।

ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उहाँले बताउनुभयो ।

सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न जारी लकडाउनका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया