बलिवुड अभिनेता किरण कुमारलाई काेराेना सङ्क्रमण

 जेठ ११, २०७७ आइतबार १५:५:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बलिवुड अभिनेता किरण कुमारकाे काेराेना परीक्षण रिपाेर्ट पाेजेटिभ पाइएकाे छ । समाचार एजेन्सी पीटीआईका अनुसार उनी अहिले हाेम क्वरेण्टीनमा छन् । 

७४ वर्षीय अभिनेताले आफूमा सङक्रमणकाे कुनै लक्षण नदेखिएकाे बताएका छन् । 'धडकन', 'मुझसे दाेस्ती कराेगे' जस्ता फिल्ममा काम गरिसकेका किरण कुमारले भने, 'मे १४ मा स्वास्थ्य जाँचकाे लागि अस्पताल गएकाे थिएँ । त्यहाँ काेभिड–१९ काे जाँच जरुरी थियाे । जाँच गर्दा रिपाेर्ट पाेजेटीभ आयाे ।' 

तर आफूमा कुनै लक्षण नभएकाे उनले बताए । 'न त्याे बेला लक्षण देखिएकाे थियाे न अहिले देखिएकाे छ । ज्वराे पनि आएकाे छैन, खाेकी पनि लागेकाे छैन । म ठिक छु र हाेम क्वरेण्टीनमा छु ।' 

किरण कुमार बलिवुडमा आफ्नाे खलनायककाे भूमिकाकाे लागि पनि चर्चित छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया