चिनियाँ विदेश मन्त्रीले भने– 'अमेरिकामा राजनीतिक भाइरस फैलिरहेकाे छ'

 जेठ ११, २०७७ आइतबार १७:९:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिका भित्र केही राजनीतिक शक्तिले चीन–अमेरिका सम्बन्ध आफ्नाे फाइदाकाे लागि गलत दिशामा डाेर्‍याइरहेकाे र दुवै देशलाई शीत युद्धमा धकेलिरहेकाे बताएका छन् । 

चिनियाँ विदेश मन्त्री यीले आइतबार पत्रकार सम्मेलनमा भने, 'याे एक खतरनाक काेसिस हाे, जसले हामीलाई पछि लैजाने छ । चीन आफ्नाे सम्प्रभुताकाे रक्षा गर्नेछ र प्रगतिकाे बाटाेमा अघि बढ्ने अधिकार पनि छ । अमेरिकामा परिवर्नलाई लिएर चीनकाे कुनै चासाे छैन र अमेरिकाले चीनकाे प्रगतिकाे बाटाेमा अघि बढ्नबाट राेक्न सक्दैन ।' 

'अमेरिकाकाे केही राजनीतिक शक्तिले चीन–अमेरिका सम्बन्ध आफ्नाे हत्केलामा लिएकाे छ र यसले दुवै देशलाई शीत युद्धतर्फ धकेलिरहेकाे छ । याे इतिहासकाे पाङ्ग्रा घुमाउने निकै खतरनाक काेसिस हाे', उनले भने ।

वाङले चीन र अमेरिकाकाे राजनीतिक व्यवस्था छुट्टै रहेकाे र याे दुवै देशका नागरिकहरुकाे इच्छा अनुसार तय भएकाे बताए । 

उनले भने, 'ऊ आफ्नाे मार्गबाट हटिरहेकाे छ, तर यसकाे अर्थ सहयाेगकाे कुनै सम्भावना नभएकाे भने हाेइन । दुई पक्षबीच विश्वका कैयाैँ ठूला मुद्दामा सल्लाह र चर्चाकाे आवश्यकता छ ।'

उनले चीन र अमेरिकाबीच सहयाेगकाे परम्परा रहेकाे र याे काेराेना सङ्कटकाे दाैरान पनि भएकाे बताए । 

उनले भने, 'काेभिड–१९ सुरु हुने समय हामीले मेडिकल उपकरण एकअर्कालाई सहयाेग गरेकाे थियाैँ । १२ अर्बभन्दा धेरै मास्क अमेरिका पठाइसकिएकाे छ । तर दुःखकाे कुरा याे हाे कि अमेरिकामा राजनीतिकाे भाइरस फैलिरहेकाे छ ।'

वाङले चीन र रुसले याे राजनीतिक भाइरसविरुद्ध एक अभेद्य किला बनाएकाे र आफ्नाे रणनीतिक तालमेलकाे शक्ति पनि प्रदर्शित गरेकाे बताए । उनले भने, 'रुस र चीनले काेभिड–१९ काे दाैरान एकअर्काकाे सहयाेग गरेका छन् । जबसम्म हामी दुई मिलेर काम गरिरहन्छाैँ तबसम्म हामी विश्वमा विविधताकाे रक्षा गरिरहनेछाैँ, शान्ति र न्यायकाे रक्षा गरिरहनेछाैँ ।' 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया