कोरोनाविरुद्धको लडाइँ निकै लामो र चुनौतीपूर्ण छ : प्रधानमन्त्री ओली

 जेठ १२, २०७७ सोमबार १७:४३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँ निकै लामो र चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले सरकारले महामारी नियन्त्रण गर्न प्रभावकारी काम गरिरहेको पनि बताउनुभयो । लकडाउनले असहज बनाए पनि सङ्क्रमण  पहिचान गर्न र सङ्क्रमितको पहिचान गर्न सहज पुर्‍याएको प्रधानमन्त्रीको भनाइ छ ।

महामारीबाट हुन सक्ने डरलाग्दो क्षतिलाई लकडाउनले जोगाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । तर सरकारले महामारी नियन्त्रणलाई प्रभावकारी बनाएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया