प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार अपराह्न राष्ट्रका नाममा सम्बाेधन गर्नुभएकाे छ । उहाँकाे सम्बाेधन काेराेना भाइरस नियन्त्रण र अन्य समसामयिक विषयमा केन्द्रित थियाे ।
सम्बाेधनकाे सुरुमै प्रधानमन्त्री ओलीले काेराेना भाइरसविरुद्धकाे युद्ध निकै लामाे र चुनाैतीपूर्ण भएकाे बताउनुभयाे । तर सरकारले महामारी नियन्त्रणलाई प्रभावकारी बनाएकाे उहाँकाे भनाइ थियाे ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे के हाेला भन्ने शङ्का रहिरहेका बेला प्रधानमन्त्री ओलीले यस विषयलाई पनि सम्बाेधनमा उठाउनुभएकाे छ । उहाँले एसईईबारे छिट्टै विकल्प आउने विश्वास व्यक्त गर्नुभयाे ।
सम्बाेधनकै क्रममा प्रधानमन्त्री ओलीले विदेशमा समस्यामा परेका नेपालीहरुकाे समयमै उद्धार हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे ।
भाषणकाे अन्त्यतिर उहाँले लकडाउन खुकुलाे हुने पनि सङ्केत गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले मजदुरहरुलाई काेराेना परीक्षण गराएर उद्याेगसम्म पुर्याउने व्यवस्था गर्ने पनि बताउनुभयाे ।
यस्ताे प्रधानमन्त्री ओलीकाे सम्बाेधनकाे पूर्णपाठ–