कोरोना महामारीका बेला तपाईँ वा तपाईँको आफन्तलाई परदेशमा समस्या परेको छ ? यी नम्बरमा फोन गर्नुहोस्

 जेठ १३, २०७७ मंगलबार ११:११:४९ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ रु या तपाईँको कोही आफन्त विदेशमा काम गर्न जानु भएको छ ? वा विदेशबाट काम गरेर भर्खरै फर्किनु भएको छ ? यो महामारीका बेला तपाईँ या तपाईँका आफन्तलाई केही अप्ठेरो पो परेको छ कि ? तपाईँ आफूलाई सोध्न मन लागेको प्रश्न र जिज्ञासा तपाईँको जिल्लामा रहेका आप्रवासी श्रोत केन्द्रहरुमा राख्न सक्नुहुन्छ । 

तपाईको जिल्लाको आप्रवासी श्रोत केन्द्रको फोन नम्बर सुरक्षित आप्रवासन परियोजनाको फेसबुक पेज Safer Migration Project Phase 3 मा गएर हेर्नुहोस् र फोन गरेर आफ्ना जिज्ञासा र प्रश्नहरु राख्न सक्नुहुन्छ । 

आप्रवासी श्रोत केन्द्र मात्र हैन अहिले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर पनि प्रश्न सोध्न सक्नुहुन्छ । कल सेन्टरले तपाईँले राखेका प्रश्न  र जिज्ञासाको समाधान विभिन्न सम्बन्धित निकायसँग समन्वय गरेर गर्नेछ ।

विदेशमा हुनुहुन्छ भने आप्रवासी श्रोत केन्द्र बाहेक कल सेन्टरको ००९७७ १ ५९७ ००८ नम्बर मा फोन अथवा ००९७७ ९८, ०१८ ०००१३ मा भाइवरमा फोन गरेर पनि प्रश्न सोध्न सकिन्छ । 

कलसेन्टर र आप्रवासी स्रोत केन्द्रले तापाईँका प्रश्नको उत्तर र समाधानका उपाय खोजेर सहयोग र समन्वय गर्ने कोशिस गर्छन् । 

अहिले कोरोनाको कारण मनमा उत्पन्न डर, तनाब र विभिन्न मानसिक समस्यामा परेमा पनि यी दुई केन्द्रले मनोसामाजिक परामर्श सेवासँग जोड्न पनि सहयोग गर्नेछन् भने र आवश्यक परेको खण्डमा कानूनी सहयोगका लागि पनि सहयोग गर्नेछन् ।

नेपाल सरकार र स्वीस सरकारको दुईपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत स्थानीय सरकारको नेतृत्वमा अहिले विभिन्न जिल्लामा श्रमिकको समस्या सुन्न, सही सूचना दिन र समाधानका लागि समन्वय गर्न आप्रवासी स्रोत केन्द्रहरु सञ्चालित छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • surya Paudyal

    May 26, 2020, 1:20 p.m.

    Chitwan Call No. 056-524861 cell 9855024861

  •  0 Reply

तपाईको प्रतिक्रिया