दक्षिण काेरिया : क्वरेण्टीनकाे नियम उल्लङ्घन गर्ने युवकलाई ४ महिना जेल सजाय

 जेठ १३, २०७७ मंगलबार १३:०:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दक्षिण काेरियामा क्वरेण्टीनकाे नियमलाई पटक पटक उल्लङ्घन गरेपछि एक अदालतले एक युवकलाई चार महिनाकाे कैद सजाय सुनाएकाे छ । 

दक्षिण काेरियामा क्वरेण्टीनकाे नियम उल्लङ्घन गरेकालाई सजाय दिइएकाे याे पहिलाे पटक हाे । मिस्टर किम नाम गरेका व्यक्ति क्वरेण्टीनकाे अवधि पूरा हुनु दुई दिनअघि घरबाहिर निस्किँदै गर्दा पक्राउ गरिएकाे थियाे । उनलाई एक केन्द्रमा लगिएकाे छ, जहाँबाट उनले भाग्ने काेसिस गरेका थिए । 

राजधानी साेलका कैयाैँ नाइट क्लबमा काेराेना सङ्क्रमण देखिने क्रम बढेपछि दक्षिण काेरियाले क्वरेण्टीनकाे नियमलाई उल्लङ्घन गर्नेविरुद्ध कडा नियम लागू गर्नेबारेमा पनि साेचिरहेकाे छ । 

दक्षिण काेरियामा अहिलेसम्म ११ हजार दुई सय २५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमितमध्ये दुई सय ७९ जनाकाे ज्यान गइसकेकाे छ । त्यस्तै १० हजार दुई सय ७५ जना उपचारपछि निकाे भएका छन् । 

.

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया