दुबईमा बुधबारदेखि कर्फ्युको समय घटाइयो, दुबई विमानस्थलबाट गन्तव्य देश जान र ट्रान्जिट बनाउन पनि सकिने

 जेठ १३, २०७७ मंगलबार १८:५४:५९ | उज्यालो सहकर्मी

यूएई – यूएईको दुबईमा लकडाउन खुकुलो बनाइएको छ । दुबई सरकारले आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै बुधबारदेखि लागू हुने गरी दुबईमा जारी कर्फ्युलाई राति ११ बजेदेखि बिहान ६ बजेसम्म मात्रै गर्ने भएको छ । यसअघि साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको थियो ।  

बुधवारबाट बिहान ६ बजेदेखि राति ११ बजेसम्म सबै खुल्ला गरिएको छ । दुबई बिमानस्थलबाट त्यहाँको आवसीय भिसा हुनेहरु गन्तव्यमा जान तथा ट्रान्जिट भिसा हुनेहरु रोकिन सक्नेछन् । त्यस्तै सरकारी सेवाका सबै कार्यालयहरु खुल्ला हुनेछन् ।

बिभिन्न शिक्षण संस्था तथा प्रशिक्षण केन्द्रहरु खुल्ला गरिनेन । त्यस्तै दुबईका बिभिन्न सिनेमा हल, खेलकुद क्षेत्र, जीम हाउस, तथा क्लबहरु खुल्नेछन् । त्यस्तै थोक तथा होलसेल पसलहरु खुला गरिनेछ ।    

त्यस्तै दुबईका स्वास्थ्यसेवामा यसअघि बन्द गरिएका नाक, कान, घाँटीका उपचार गरिने क्लिनिकहरु पनि खुल्नेछन् । यसरी खुल्ला गरिएको क्षेत्रमा आवातजावत गर्दा, कामकारबाही गर्दा अनिवार्यरुपमा सुरक्षाका उपाय अनिवार्य अपनाउनु पर्नेछ ।

 मुखमा मास्क र हातमा ग्लोभ्स अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । यो व्यवस्था तत्कालका लागि दुबई राज्यमा मात्र लागू हुने यहाँको स्थानीय सञ्चारमाध्यम खालिज टाइम्सले लेखेको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया