सोती घटना : २० जनाविरुद्ध किटानी जाहेरी

 जेठ १४, २०७७ बुधबार ९:७:४६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - शनिबार रुकुम पश्चिमको चौरजहारी ८ सोतीमा भएको घटनाका पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । 

वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको नि:शुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्नेबारे सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएको बताउनुभयो।

बिहीबार चौरजहारीका टीकाराम सुनारको शव पोस्टमार्टम गरिएको छ भने अन्य दुई जनाको बुधबार पोस्टमार्टम गरिने प्रजिअ पन्तले बताउनुभयो। हराएका तीन जनाको खोजी कार्य भैरहेको उहाँले बताउनुभयो । 

भेरी नगरपालिका वडा नम्बर ११ का  लोकेन्द्र सुनार, गोविन्द शाही तथा वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता  छन्। बेपत्ताको खोजी भैरहेको डीएसपी श्रेष्ठले बताउनु भयो ।

भेरी नगरपालिका-४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला परिसकेको छ। बुधबार बिहान टिकारामको दाहसंस्कार गरिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Pretty

    May 28, 2020, 9:49 a.m.

    intercaste marriage between so called upper & lower caste is compulsory for the social change ,social improvement.

  •  0 Reply

तपाईको प्रतिक्रिया