हेटाैँडाकी एक महिलामा काेराेना सङ्क्रमण पुष्टि

 जेठ १४, २०७७ बुधबार ११:८:२१ | हरि हुमागाईं
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मकवानपुर – हेटौँडा उपमहानगरपालिका १ चौकी टोल घर भएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौँडा प्रयाेगशालामा जाँच गराउँदा उहाँमा कोरोना भाइरस पुष्टि भएको हेटौँडाको कर्रामा रहनुभएका आइसोलेशन इन्चार्ज भोला चौलागाईँले जानकारी दिनुभयो ।

गएकाे जेठ ९ गते कोरोना सङ्क्रमणको लक्षण देखा परेपछि कोरोना जाँचकाे लागि ल्याबमा दिइएकाे थियो । तर उहाँ त्यसबेलादेखि आइसोलेशनमा भन्दा पनि घरमै रहेको चौलागाईँले बताउनुभयो ।

हेटौँडामा नै घर र यही बसोवास गर्ने महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले बताउनुभयो । कोरोना सङ्क्रमित महिला गर्भवती रहेको स्राेतले जनाएको छ ।

हेटौँडा प्रयोगशालामा जाँच गराउँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले पनि जानकारी दिनुभयो ।

अब नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या सात सय ८३ पुगेकाे छ भने सङ्क्रमणबाट निकाे हुनेकाे सङ्ख्या एक सय ७६ रहेकाे छ । काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया