बेलझुण्डीको कोरोना विशेष अस्पतालमा रहेका आठ जनाको रिपोर्ट नेगेटिभ

 जेठ १४, २०७७ बुधबार १४:५६:१५ | रासस
unn.prixa.net

दाङ - दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका आठ सङ्क्रमितको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

सोह्र जनाको स्वाब परीक्षण गरिएकामध्ये बाँकेका तीन, कपिलवस्तुका चार र दाङका एक जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड-१९ फोकल पर्सन कमल चन्दले बताउनुभयो । 

पहिलो एक हप्तामा जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गरिने जनाइएको छ । उहाँका अनुसार अन्य आठ जनाको रिपोर्ट भने पोजिटिभ नै आएको छ । 

अहिले अस्पतालमा बाँकेका आठ, कपिलवस्तुका ६, दाङका तीन, बर्दियाका पाँच र रुपन्देहीका तीन गरी २५ सङ्क्रमितलाई राखेर उपचार गरिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया