शाहरुखकी छोरी सुहाना म्यागेजिन कभरमा, छिट्टै बलिउडमा डेब्यू गर्दै

 साउन १६, २०७५ बुधबार १३:५९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा यतिबेला स्टार कलाकारका छोराछोरी एक पछि अर्को गर्दै उदाइरहेका छन् ।

भर्खरै अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको फिल्म ‘धडक’ प्रदर्शन भएको छ । 

यस्तै अभिनेता सैफ अली खानकी छोरी सारा अली खान र चंकि पाण्डेकी छोरी अनन्या पाण्डे पनि छिट्टै डेब्यूको तयारीमा छन् ।

सारा र अनन्याको डेब्यू फिल्म छिट्टै नै प्रदर्शनको तयारीमा छ । 

यसैबीच बलिउडका सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान पनि बलिउडमा डेब्यू गर्न तयार भइसकेकी छिन् । 

खबरहरुका अनुसार सुहाना खानलाई निर्देशक तथा निर्माता करण जोहरले आफ्नो ब्यानरको फिल्म मार्फत डेब्यू गराउने लागेका छन् ।

तर करणले फिल्ममा डेब्यू गराउनुभन्दा पहिले सुहाना खानलाई उनका बुबा शाहरुख खानले एउटा पत्रिकाको कभर फोटोमा डेब्यू गराएका छन् । 

कभर पेजमा सुहानाको फोटो छापिएको भोग म्यागेजिनलाई शाहरुख खानले सार्वजनिक गरेका हुन् । 

शाहरुख खानले ट्वीटरमा सुहाना खानको कभर म्यागेजिन हातमा लिएको तस्विर सेयर गरेका छन् ।

सुहाना खानकी आमा गौरी खानले पनि सुहानाको फोटो शुटको भिडियो सेयर गर्दै सुहानालाई शुभकामना दिएकी छिन् । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया