व्यक्तिगत आयकरको दर यथावत

 जेठ १५, २०७७ बिहिबार २०:११:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले आउँदो आर्थिक वर्षको बजेटमा व्यक्तिगत आयकरका दर यथावत नै राखेको छ ।

चालु वर्षमा जस्तै आउँदो वर्षमा पनि ४ लाख रुपैयाँसम्मको कमाईमा आयकर लाग्ने छैन । अविवाहित व्यक्तिले ४ लाख र विवाहितले साढे ४ लाखसम्मको आम्दानीमा १ प्रतिशत कर तिर्नुपर्नेछ । त्यसपछिको थप १ लाख आम्दानीमा १० प्रतिशत कर लाग्नेछ ।

५ लाख रुपैयाँसम्मको आम्दानीमा ५ प्रतिशत, ५ देखि ७ लाखसम्मको आम्दानीमा २० प्रतिशत र ८ देखि २० लाखसम्मको २० प्रतिशत कर लाग्दै आएको छ । २० लाखभन्दा बढीको आम्दानीमा ३६ प्रतिशतसम्म आयकर तिर्नुपर्ने व्यवस्था यथावत नै छ ।


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया