लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट कुशल दीक्षित छनोट
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै – पूर्व अर्थसचिव शान्तराज सुवेदीले आर्थिक वर्ष २०७७/२०७८ काे बजेट कोरोना भाइरसको क्षतिलाई समेट्ने हिसाबले आएको बताउनुभएको छ ।
उज्यालोसँग कुराकानी गर्दै पूर्वसचिव सुवेदीले कृषि, रोजगारी, स्वास्थ्यलगायतका क्षेत्रलाई महत्तव दिइएकोले कोरोनासँग लड्न सहज हुने बताउनुभयो । यस्तै कोरोनाले प्रभावित भएको क्षेत्रलाई कर छुटदेखि ब्याज छुटसम्म दिने विषय बजेटमा समेटिएकाले धेरै क्षेत्रले राहत महसुस गर्न पाउने उहाँले धारणा राख्नुभयाे ।
‘निजी क्षेत्रको अपेक्षा त जहिले पनि धेरै नै हुन्छ, सरकारले भने आवश्यकता हेरेर मात्रै अपेक्षा पूरा गरिदिने हो । यो पटक सरकारले धेरै हदसम्म उनीहरुको माग पूरा गरिदिएको छ’, सुवेदीले भन्नुभयो ।
उहाँले रोजगारी सिर्जनामा बजेटले धेरै व्यवस्था गरेको, ऋण र ब्याजमा लचक भएको लगायतका व्यवस्थाले उद्यम गर्न सजिलो भएको बताउनुभयो । खर्च कटौतीका हिसाबले पनि बजेटमा सकारात्मक व्यवस्था रहेको उहाँको भनाइ छ ।