काेराेना भाइरस : भारतमा एकैदिन ७ हजार बढी सङ्क्रमित, ज्यान गुमाउनेकाे सङ्ख्या चीनमा भन्दा धेरै

 जेठ १६, २०७७ शुक्रबार १३:३:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा सात हजार चार सय ६६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 'पहिलाे पटक एकैदिन यति धेरै सङ्ख्यामा काेराेना सङ्क्रमित भेटिएका' मन्त्रालयले जनाएकाे छ । 

भारतमा काेभिड–१९ काे कारण ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार सात सय ६ पुगेकाे ५ । ताजा तथ्याङ्कका अनुसार भारतमा काेराेना महामारीबाट ज्यान गुमाउनेकाे सङ्ख्या चीनमा भन्दा धेरै भएकाे छ । चीनमा आधिकारिक रुपमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार ६ सय ३८ रहेकाे छ । 

भारतमा अहिलेसम्म एक लाख ६५ हजार सात सय ९९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमणकाे हिसाबले भारतले गएकाे हप्ता नै चीनलाई पछाडि पारेकाे थियाे । 

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले काेराेनाका सक्रिय बिरामीकाे सङ्ख्या ८९ हजार नाै सय ८७ रहेकाे छ । जबकि ७१ हजार एक सय पाँच जना उपचारपछि निकाे भएका छन् ।   

महाराष्ट्र काेराेना भाइरसबाट सबैभन्दा प्रभावित राज्य हाे, जहाँ ५९ हजार पाँच सय ४६ जनामा काेराेना पुष्टि भएकाे छ भने एक हजार नाै सय ८२ जनाकाे ज्यान गएकाे छ । 

महाराष्ट्रपछि सबैभन्दा धेरै तलिमनाडुमा १९ हजार तीन सय ७२ जना, दिल्लीमा १६ हजार दुई सय ८१ जना र राजस्थानमा आठ हजार ६७ जनामा काेराेना पुष्टि भएकाे छ ।   

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया