ट्विटरले ट्रम्पकाे ट्वीट लुकायाे, 'हिंसालाई बढावा' दिएकाे ठहर

 जेठ १६, २०७७ शुक्रबार १५:१:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ट्विटरले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे ट्वीटमध्ये एक ट्वीटलाई आफ्नाे प्राेफाइलमा लुकाएकाे छ । त्याे ट्वीटमा 'हिंसालाई बढावा दिने नियमहरुकाे उल्लङ्घन गरिएकाे' बताइएकाे छ । 

तर उनकाे ट्वीट नहटाइकन एक चेतावनी दिँदै बदलिएकाे छ र क्लिक गरेर त्याे ट्वीट देख्न सकिन्छ । चेतावनीमा भनिएकाे छ, 'याे ट्वीट अस्तित्वमा रहिरहनु नागरिककाे लागि चाखपूर्ण हुन सक्ने ट्विटरले निर्धारित गरेकाे छ ।' 

याे ट्विटर र ह्वाइट हाउसबीच बढेकाे तनावकाे पछिल्लाे उदाहरण हाे । 

ट्रम्पले अमेरिकाकाे मिनियापाेलिस शहरकाे बारेमा ट्वीट गरिरहेका थिए, जहाँ प्रहरी हिरासतमा एक अश्वेत व्यक्तिकाे मृत्यु भएपछि लगातार विराेध प्रदर्शनकाे रात चलिरहेकाे थियाे । 

ट्रम्पले नेशनल गार्डकाे बारेमा चर्चा गर्दै चेतावनी दिँदै भने, 'जब लुट सुरु हुन्छ भने शुटिङ सुरु हुन्छ ।' उनकाे दाेस्राे ट्वीट 'हिंसालाई बढावा' दिने भन्दै ट्विटरले लुकाएकाे थियाे । 

ट्वीट हटाउनेभन्दा चेतावनी दिने ट्विटरकाे नीति, नियम सन् २०१९ काे मध्यमा घाेषित गरिएकाे थियाे । तर सामाजिक सञ्जालले ट्रम्पमाथि यसकाे प्रयाेग कहिल्यै पनि गरेन, न यसअघि उनकाे कुनै पनि ट्वीट हटाइयाे । 

यसकाे अर्थ अन्य प्रयाेगकर्ताले ट्रम्पकाे त्याे ट्वीटलाई लाइक, प्रतिक्रिया दिन वा रिट्वीट गर्न पाउँदैनन्, ट्विटरले भन्याे– तर प्रतिक्रिया समावेश गरेर रिट्वीट गर्न भने सकिनेछ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया