आज एकैदिन १७० जनामा काेराेना पुष्टि, सङ्क्रमित पुगे १ हजार २१२

 जेठ १६, २०७७ शुक्रबार १६:५८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा आज एकैदिन एक सय ७० जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।

 विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ६५ जना पुरुष र पाँच जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै राैतहटका रहेका छन् । आज राैतहटका ५६ जनामा काेराेना पुष्टि भएकाे हाे । 

त्यस्तै कपिलवस्तुका ५१, झापाका २८, बाँकेका १०, पर्साका पाँच, सर्हालीका पाँच, सप्तरीका चार, बाराका चार, दाङका दुई, रुपन्देहीका एक र म्याग्दीका एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । 

आज एक सय ७० जना थपिएसँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या एक हजार दुई सय १२ पुगेकाे छ । सङ्क्रमितमध्ये दुई सय ६ जना निकाे भएका छन् भने ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुगेकाे मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया