जी–७ सम्मेलनकाे लागि जर्मन चान्सलर अमेरिका नजाने

 जेठ १७, २०७७ शनिबार १८:४६:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जर्मन चान्सलर एन्जेला मर्केल आउँदाे जुन महिनाकाे अन्त्यमा जी–७ देशहरुकाे शिखर सम्मेलनमा सहभागी नहुने भएकी छिन् । मर्केलकी प्रवक्ताले यसबारेमा जानकारी दिएका हुन् । 

काेराेना भाइरसकाे महामारीकाे कारण पहिले याे सम्मेलन अनलाइनमार्फत गर्ने याेजना बनाइएकाे थियाे । तर अमेरिकी राष्ट्रपति ट्रम्पले गएकाे हप्ता अमेरिका आफैले याे सम्मेलनकाे आयाेजना गर्ने बताएपछि जर्मन चान्सलर मर्केल सम्मेलनमा नजाने भएकी हुन् । 

जर्मन चान्सलरकी प्रवक्ता स्टिफन सिबर्टले भने, 'याे महामारीलाई मध्यनजर गर्दै मर्केल वाशिङ्टन जान सक्ने अवस्था छैन । तर चान्सलरले याे निमन्त्रणाकाे लागि अमेरिकी राष्ट्रपतिप्रति आभार व्यक्त गर्नु हुनेछ ।'

यता फ्रान्स एक अधिकारीले राष्ट्रपति इम्यानुयल माक्राेन स्वास्थ्यले साथ दिए सम्मेलनमा जान तयार भएकाे बताए । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया