लिपुलेक विवाद समाधान गर्न दुवै देश वार्तामा बस्नुपर्छ : भारतीय रक्षा मन्त्री सिंह

 जेठ १७, २०७७ शनिबार १९:२७:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालसँगकाे सीमा विवाद वार्ताबाट नै समाधान गरिने बताएका छन् ।

भारतीय टेलिभिजन च्यानल आजतकसँगकाे अन्तर्वातामा उनले लिपुलेकलगायत क्षेत्रमा देखिएकाे सीमा विवाद वार्ताबाट नै समाधान गरिने बताएका हुन् । 

'लिपुलेककाे विषयमा नेपालसँग केही असमझदारी उत्पन्न भएकाे छ, जसलाई वार्ताकाे माध्यमबाट समाधान गर्न सकिन्छ', आजतकसँगकाे अन्तर्वार्तामा राजनाथ सिंहले भने । सीमा विवादकाे विषयमा दुवै देश वार्ताा बस्नुरपर्ने उनले बताए ।

साथै उनले चीनसँगकाे सीमा विवादमा पनि वार्ताबाटै समाधान खाेज्ने बताएका छन् । भारत कसैसँग पनि विवाद र युद्ध नचाहने उनकाे धारणा छ ।

गएकाे वैशाख २६ गते भारतीय रक्षा मन्त्री सिंहले दिल्लीबाट भिडियाे कन्फ्ररेन्समार्फत नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनकाे तिब्बतमा रहेकाे मानसराेवर जाने सडककाे उद्घाटन गरेयता याे विषयले चर्चा पाइरहेकाे छ । 

त्यसलगत्तै नेपालले भारतले अतिक्रमण गरेकाे लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर नयाँ अद्यावधिक राजनैतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकाे थियाे । 

भारतले भने नेपालकाे नयाँ नक्सा आफूलाई मान्य नहुने बताउँदै आइरहेकाे छ । नेपाल–भारत सीमा विवादलाई लिएर दुवै देशबीच वार्ताकाे माध्यमबाट समाधान खाेजिनुपर्नेमा दुवै देशका प्रबुद्ध व्यक्तिहरुले जाेड दिँदै आएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया