नेपालमा काेराेनाकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या ७ पुग्याे

 जेठ १७, २०७७ शनिबार १९:४९:२८ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखककाे दुल्लु नगरपालिकामा रहेकाे क्वरेण्टीनमा मृत्यु भएका पुरुषकाे काेराेना परीक्षण रिपाेर्ट पाेजेटिभ आएकाे छ । सामाजिक विकास मन्त्रालयले निकालेकाे विज्ञप्तिमा ती पुरुषकाे काेराेना परीक्षण रिपाेर्ट पाेजेटिभ आएकाे पुष्टि गरेकाे हाे ।

दुल्लु नगरपालिका ७ पटांगिनी बजारमा रहेकाे नेपाल विद्युत् प्राधिकरणकाे भवनमा रहेकाे क्वरेण्टीनमा रहनुभएका वडा नम्बर ११ का ३५ वर्षीय पुरुष एक्कासी ढल्नुभएकाे थियाे  र त्यसकाे केही समयपछि उहाँकाे मृत्यु भएकाे थियाे । 

त्यसअघिसम्म उहाँमा काेभिड–१९ सँग सम्बन्धित कुनै लक्षणहरु देखिएकाे थिएन । उहाँकाे मृत्युपछि स्वाब सङ्कलन गरी काेभिड–१९ परीक्षणकाे लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकाे थियाे । परीक्षण रिपाेर्टमा नतिजा पाेजेटिभ आएकाे स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएकाे छ । 

याेसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या सात पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया