बहराइनमा कोरोनाको कारण कोही पनि नेपालीको ज्यान गएको छैन : दूतावास

 जेठ १८, २०७७ आइतबार १९:५:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – बहराइनमा कोरोनाको कारण अहिलेसम्म कोही पनि नेपालीको ज्यान नगएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

गैरआवासीय नेपाली संघको तथ्याँक भन्दै विभिन्न सञ्चार माध्यममा बहराइनमा तीन जना नेपालीको कोरोनाको कारण ज्यान गएको भन्दै आएको खबरको खण्डन गर्दै दूतावासले बहराइनमा अरु कारणले ज्यान गए पनि कोही पनि नेपालीको कोरोनाको कारण ज्यान नगएको स्पष्ट पारेको हो ।

बहराइनमा अहिलेसम्म ३३१ जना नेपालीमा कोरोना पुष्टि भएको छ । जसमध्ये कति नेपाली निको भए भनेर बहराइन सरकारले जानकारी दिएको छैन । तर बहराइनमा कोरोनाबाट निको हुनेको सङ्ख्या धेरै नै रहेको छ ।

बहराइनमा अहिलेसम्म ११ हजार २८८ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ हजार ६७३ जना निको भइसकेका छन् । ४ हजार ५९७ जनाको अस्पतालमा उपचार भइरहेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म १८ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया