बुटवलको कोरोना विशेष अस्पतालबाट ४ सङ्क्रमित डिस्चार्ज, ३२ जनाको उपचार चल्दै

 जेठ १९, २०७७ सोमबार ११:२०:५९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलबाट चार जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन । 

बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत ३ जना कपिलवस्तु र एक जना रुपन्देहीका कोरोना सङ्क्रमित आइतबार बेलुका डिस्चार्ज भएको फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो । 

लगातार २ पटक स्वाब परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरुलाई  डिस्चार्ज गरिएको हो । उनीहरु १८ दिन अस्पताल बसेर घर फर्किएका हुन् । 

योसँगै उक्त अस्पतालबाट अहिलेसम्म १५ जना डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पतालको जनरल वार्डमा ३१ जना र एकजनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया