डोटी : बाढीले मजदूर बगायो

 जेठ १९, २०७७ सोमबार ११:५४:१८ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको सहजपुर बोगटान सडकमा काम गर्ने दुई मजदूरलाई आइतबार राति बाढीले बगाएको छ ।

दुई दिनदेखिको लगातारको वर्षाका कारण आएको बाढीले सडक खण्डको पातली खोलाको छेउमा पाल टाँगेर बसेका दुई जना मजदूरलाई बाढीले बगाएर बेपत्ता पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाढीले बगाएर बेपत्ता हु्नेमा कञ्चनपुर गुलरिया नगरपालिका–४ बस्ने वर्ष ४५ का कमल थापा र वर्ष २४ का गोपाल कामी रहेका बाढीमा बगेर बच्न सफल अर्का मजदूर्ले जानकारी दिएको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजीका लागि आइतबार रातिबाट इलाका प्रहरी कार्यालय फल्टुडेको प्रहरी टोली खटिए पनि अहिलेसम्म कोही फेला नपरेका प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया