कपिलवस्तुमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ३१० पुग्याे, साेमबारमात्रै ४० जना थपिए

 जेठ १९, २०७७ सोमबार १७:१८:४६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तु स्वास्थ्य कार्यालयका अनुसार साेमबार थप ४० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । यसअघि पुष्टि भइसकेका दुई सय ७० सहित कपिलवस्तमा कुल सङ्क्रमितकाे सङ्ख्या तीन सय १० पुगेकाे छ ।  

स्वास्थ्य कार्यालयका अनुसार शिवराज नगरपालिकाका २६ जना पुरुष, बुद्धभूमि नगरपालिकाका १० जना पुरुष, महाराजगञ्ज नगरपालिकाका दुई जना पुरुष र वाणगङ्गा नगरपालिकाका दुई जना महिलामा काेराेना सङ्क्रमण पुष्टि भएको हाे । सङ्क्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताउनुभयो । 

कपिलवस्तुका विभिन्न पालिकामा चार सय ९५ बेडको आइसोलेशन वार्ड निर्माण गरी कोरोना सङ्क्रमितहरुकाे सुविधाकाे लागि काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयाे ।

कपिलवस्तुका १० वटा पालिकाले निर्माण गरेको विभिन्न क्वरेण्टीनमा चार हजार आठ सय जना रहेका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया