पर्वतमा पहिलोपटक ५ जनामा कोरोना सङ्क्रमण, स्याङ्जामा ५ जना थपिए

 जेठ २०, २०७७ मंगलबार ८:८:५७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - पर्वतमा पहिलो पटक ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पर्वतको कुश्मामा क्वरेन्टीनमा बस्दै आएका १९, २०, २१ र ४० वर्षका गरी ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै स्याङ्जामा ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाको क्वरेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा कोरोना सङ्क्रमण भेटिएको हो ।

यस्तै स्याङजाकै बिरुवा गाउँपालिकामा २० वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको छ । सङ्क्रमित पुरुष गाउँपालिकाको क्वरेन्टीनमा बस्दै आएका हुन् । थपिएका सङ्क्रमित सबै भारतबाट आएका हुन् ।

योसँगै स्याङजामा कोरोना सङ्क्रमितको संख्या १२ पुगेको छ भने गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ३७ पुगेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले बताउनुभयो । सङ्क्रमित मध्ये ३ जना निको भएर घर फर्किएका छन् ।

अन्तिम अपडेट: चैत ५, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया