प्रदेश १ : थप १८ जना कोरोना सङ्क्रमित डिस्चार्ज

 जेठ २०, २०७७ मंगलबार १२:११:३४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप १८ जना डिस्चार्ज भएका छन् ।

झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला गरी १८ जना कोरोनामुक्त भएका हुन् । उनीहरु सबैको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताउनुभयो । उहाँका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । विराटनगर कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ३० जना डिस्चार्ज भएका छन् ।

हिजो प्रदेश १ मा १ सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो जसमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया