कर्णालीमा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ २०, २०७७ मंगलबार १३:१४:३१ | मुना हमाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत – कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  छ  । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ६२ पुगेको छ । 

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा मङ्गलबार थप २९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले  जनाएको छ । 

सुर्खेतका ११, सल्यान र अछामका नौ नौ जनामा कोरोना पुष्टि भएको हो । सुर्खेतमा देखिएका ११ जना सबै वीरेन्द्रनगर नगरपालिकाका १ र ३ का हुन् । सल्यानका नौ जना दर्मा गाउँपालिका १ देखि ४ का हुन् । अछामका सबै मङ्गलसेन नगरपालिकाका हुन् । 

कर्णालीमा प्रदेशमा अहिलेसम्म पाँच वटा जिल्लामा कोराना सङ्क्रमण देखिएको छ । कर्णालीमा अहिलेसम्म कोरोनाको कारण दैलेखका एक जना युवकको ज्यान गएको छ ।   

अन्तिम अपडेट: चैत १५, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया