सङ्क्रमित बढेसँगै अटोमेसिनमार्फत काेराेना परीक्षण गर्ने सरकारको तयारी

 जेठ २०, २०७७ मंगलबार १६:५५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरसको जोखिम बढेपछि परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले दैनिक तीन हजार जनाको परीक्षण हुने गरी दायरा बढाइएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अहिले २१ वटा प्रयोगशालाबाट परीक्षण भइरहेको छ । यस्तै ठूलो सङ्ख्यामा परीक्षण गर्न अटोमेटिक मेसिन ल्याउने तयारी भएको छ । एकै पटक धेरैको परीक्षण गरी जोखिम थप कम गर्न अटोमेटिक मेसिन ल्याउने तयारी गरेको प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो ।

भारतबाट आउनेको सङ्ख्या बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । यो महिना लागेपछि हरेक दिन एक सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदै आएको छ ।

वैशाख महिनामा एक सय जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेको थियो । जेठ १५ गतेसम्म आउँदा सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको थियो भने आजसम्म आईपुग्दा दुई हजार नाघेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयले सङ्क्रमित बढिरहेकाले क्वरेण्टीनकाे व्यवस्थापन र सावधानीकाे विषयमा ध्यान दिन सम्बन्धितसँग आग्रह गरेको छ । जोखिम बढेपछि क्वरेण्टीनमा आइसोेलेशन राख्ने तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया