राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्भवती र सुत्केरीको उपचार तथा स्वास्थ्य परीक्षणलाई नियमित गर्न निर्देशन दिएको छ ।
गर्भवती र सुत्केरीले सेवा नपाएको गुनासो आएको भन्दै मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा दिन निर्देशन दिएको हो ।
मन्त्रालयले गर्भवती र सुत्केरीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म ल्याउन/पुर्याउन एम्बुलेन्सको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
मन्त्रालयले काठमाण्डौ उपत्यकाबाहिर एम्बुलेन्सको अवश्यक परे १०० नम्बरमा फोन गर्न पनि भनेकाे छ ।
काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे लागि लकडाउन घाेषणा गरिएका कारण एम्बुलेन्स नपाएकाे भन्दै गुनासाे आइरहेकाे थियाे ।