भारतमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २ लाख नाघ्याे

 जेठ २१, २०७७ बुधबार १६:४०:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई लाख नाघेकाे छ । भारतमा पछिल्लाे २४ घण्टामा मात्र आठ हजार नाै सय ९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । 

भारतमा गएकाे केही हप्तादेखि सङ्क्रमितकाे सङ्ख्या लगातार बढिरहेकाे छ । जानकारहरुका अनुसार विश्वकाे सबैभन्दा धेरै जनसङ्ख्या रहेकाे दाेस्राे देश भारतले सङ्क्रमणकाे सबैभन्दा खराब अवस्था भाेग्नै बाँकी छ । 

भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा सङ्क्रमित हुनेकाे सङ्ख्या दुई लाख सात हजार ६ सय १५ भएकाे छ । अमेरिका, ब्राजिल र बेलायतसहित विश्वकाे सबैभन्दा धेरै प्रभावित ६ देशपछि भारत साताैँ नम्बरमा आइपुगेकाे छ । 

इण्डियन काउन्सिल अफ् मेडिकल रिसर्चकी डाक्टर निवेदिता गुप्ताले समाचार एजेन्सी राेयटर्ससँग भनिन्, 'सङ्क्रमणकाे सबैभन्दा खराब स्थितिबाट हामी निकै टाढा छाैँ ।' 

यसअघि सरकारी अधिकारीहरुले याे महिनाकाे अन्तिमतिर वा जुलाईबाट सङ्क्रमणकाे दरमा कमी आउने आशा व्यक्त गरेका थिए । भारतमा काेराेना भाइरसबाट अहिलेसम्म पाँच हजार आठ सय १५ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया