काेराेना सङ्क्रमणकाे अवस्था, लकडाउनकाे माेडालिटीबारे प्रधानमन्त्री ओली विज्ञसँग छलफल गर्दै

 जेठ २१, २०७७ बुधबार १७:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे समसामयिक विषयमा विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरिरहनुभएको छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था, अहिलेसम्मको तयारी, अब चाल्नुपर्ने कदम, लकडाउनको मोडालिटीलगायतका विषयमा प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गरिरहनुभएको हो ।

छलफलमा आर्थिक, योजना, जनस्वास्थ्य, चिकित्सा, नर्सिङ, निजि क्षेत्रलगायतका क्षेत्रका झण्डै ३० जना विज्ञ तथा प्रतिनिधि सहभागी छन् । एकातिर कोरोना सङ्क्रमित बढ्दै गएको र अर्कोतर्फ लकडाउन खोल्नुपर्ने माग उठिरहेकाे बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल थाल्नुभएको हो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया