‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाबारे छलफल

 जेठ २२, २०७७ बिहिबार ६:१३:५४ | रासस
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड –१९) का सङ्क्रमित बढेसँगै ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाबारे छलफल गरेको छ ।

सङ्क्रमित दुई हजार नाघेपछि ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विपद् अवस्थाबारे छलफल गरिएको बताउनुभयो ।

‘सङ्क्रमित बढेपछि मन्त्रालयले विपद् अवस्थाका बारेमा छलफल गरेको छ’, उहाँले भन्नुभयो, ‘निर्णयमा प्रमाणीकरण गर्न बाँकी रहेको छ ।’

नेपालमा अहिलेसम्म दुई हजार ३ सय सङ्क्रमित देखिएका छन् । ‘कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ मा विश्वव्यापी प्रक्रियानुसार सङ्क्रमितको संख्या र अवस्थाका आधारमा महामारी स्तर निर्धारण गरिएको छ ।

योजनामा दुई हजारदेखि पाँच हजारसम्म सङ्क्रमित पुगेपछि ‘लेभल–२’ मानिने र सो स्थितिमा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुन सक्ने उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया