रुकुम : प्रहरी चौकी आक्रमण गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ

 जेठ २२, २०७७ बिहिबार ६:३०:२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - मंगलबार राति मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेकाे अस्थायी प्रहरी पोस्ट आक्रमण तथा तोडफोड गर्ने वडाध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जाँडरक्सी खाएर नियोजित ढंगले प्रहरी चौकीमा आक्रमण गर्ने मुख्य योजनाकार मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दिपक केसी र त्यसै वडाका  राजन केसी तथा खिलराज गिरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

उनीहरुलाई १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको र घटनामा संलग्न अन्यको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया