उपचुनाव : आज राति १२ बजेदेखि मौन अवधि, सामाजिक सञ्जालबाट ...
बैशाख १२, २०८१ बुधबार
जुम्ला - जिल्लास्तरीय सुरक्षा समितिले राजमार्ग क्षेत्रका क्वरेन्टीनको अनुगमनसहित कोरोना भाइरस रोकथाम विषयमा जनचेतना फैलाउन थालेका छन् ।
कडा सुरक्षा व्यवस्था गर्न पालिकाले अनुरोध गरेपछि सुरक्षा समितिले क्वरेन्टीनमा रहेकालाई १४ दिन सुरक्षित बस्न माइकमार्फत आह्वान गर्दै क्वरेन्टीनहरुको अवलोकन गरेको हो ।
क्वरेन्टीनको अनुगमन गरी तथा जनचेतना फैलाउने टोलीमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रहरी नायब निरीक्षक लालबहादुर धामी, सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ, नेपाली सेनासहित सबै सुरक्षा निकायहरुको सहभागिता रहेकाे छ ।
जिल्लाको कर्णाली राजमार्ग क्षेत्रका तिला गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय कुडारी, सिता मा.वि रारालिही, तिला गाउँपालिकाको दुर्गा मा.वि लाम्रासहितका विद्यालयहरुमा अनुगमन गरेर सुरक्षाको अवस्था र व्यवस्थापनको विषयमा जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनु भएको छ ।
यसैगरी सीता मा.वि रारालिहीमा सुरक्षाका लागि टोली पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गगन श्रेष्ठले जानकारी दिनुभयो । यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रमा अनुगमन गरेको टोलीले तिला र तातोपानीमा क्वरेन्टीन राम्रो भएको बताएको छ ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले भारतबाट आएकालाई एकीकृत क्वरेन्टीनमा र अरु शंका लागेकाहरुलाई वडामा व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।