साइकल दिवसकै दिन एटलस साइकलको सम्पूर्ण उत्पादन बन्द, सात सय जना बेरोजगार

 जेठ २२, २०७७ बिहिबार १३:५७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पछिल्लो समय युरोपका कतिपय देशमा लकडाउन खुकुलो भएपछि सडकमा साइकल यात्री अत्यधिक सङ्ख्यामा देखिएका छन् । तर विश्व साइकल दिवसकै दिन बुधबार भारतको प्रसिद्ध साइकल कम्पनीहरुमध्ये एटलस साइकल कम्पनी बन्द भएको छ । 

यसले सात सय कामदारको रोजगारी गुमेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विज्ञप्ति जारी गर्दै एटलस कम्पनीले बुधबारदेखि सबै उत्पादन बन्द गरेको जनाएको छ । कम्पनीले आर्थिक सीमितताका कारण उत्पादन बन्द गर्नुपरेको जनाएको छ । आर्थिक अभावको कारण कच्चा पदार्थ उत्पादन गर्न सकिने अवस्था पनि नरहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।    

एटलस कम्पनीले सन् १९५१ देखि साइकल उत्पादन गर्दै आएको थियो । हरियाणामा आधारित कम्पनीले यसअघि सन् २०१४ मा मध्य प्रदेशको युनिट र सन् २०१८ मा हरियाणाकै सोनिपतको युनिटबाट उत्पादन बन्द गरेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया