फेसबुकमा कमेन्ट गरेजस्ताे काम गर्न सजिलाे नहुने रहेछ : कृषि मन्त्री

 जेठ २२, २०७७ बिहिबार २०:२०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताउनुभएकाे छ ।

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित हुनुभएका मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताउनुभएकाे हाे । उहाँले नेपालमा उत्पादन भएको दुग्धजन्य वस्तुहरुको बिक्री गर्न नसकेको स्वीकर गर्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको बताउनुभयाे ।

मन्त्री भुसालले पहिला आफूलाई पनि त्यस्तै लाग्ने गरेको तर अहिले काम गर्न कठिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दूधको बटर हामीसँग एक हजार मेट्रिक टन बढी भइसकेको छ, थुप्रिएको छ । उत्पादनको हिसाबले १५ सय मेट्रिक टन पाउडर दूध थुप्रिएको छ । त्यो बेच्नु पर्ने छ त्यसको करिब–करिब दुई/ढाइ अर्ब त्यहाँ रोकिएको छ । त्यसले गर्दा त्यो रेगुलेट सर्कुलेट हुन पाएको छैन । अफगानिस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिएको छ, सकिएको छैन । सेना पुलिसलाई खुवाउन सकिन्छ कि भनिएको थियो, त्यो पनि सकिएको छैन । माघदेखि मात्रै ठेक्का लाग्दो रहेछ, त्यसले गर्दा समस्या छ । मान्छेहरुले फेसबुकमा, बाटोमा यसो गरिदिए हुन्छ नि ! भन्छन्, मलाई पनि त्यस्तो लाग्थ्यो, त्यो सजिलो रहिन्छ ।’

उहाँले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताउनुभयो । अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार टन डीएपी मल छ र साढे पाँच हजार मेट्रिक टन जति पोटास मल रहेको तर त्यतिले नपुग्ने उहाँले बताउनुभयो । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको उहाँकाे भनाइ छ । 

उहाँले कृषि पेसामा लाग्ने किसानहरुको न्यूनतम बचतसहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठूलो काम हुने बताउनुभयो । उहाँले अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचतसहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

यस्तै पछिल्लो समय सलह आउने चिन्तामा किसानहरु रहेको भन्दै त्यसको लागि मन्त्रालयले कसरी नियत्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिएको जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: चैत ११, २०८०

2 Comments

  • Agni Nepal

    June 5, 2020, 8:40 a.m.

    मन्त्रीज्यूको प्रयास र सोच सकारात्मक छ, उत्पादित बस्तु उचित मूल्यमा सहज तरिकाले बिक्रि गर्न पाउदा कृषि उत्पादन पक्कै बढ्ने छ, आफ्नो उत्पादन बिक्री हुने कुरामा किसान ढुक्क हुनु पर्छ ! दोश्रो कुरा कृषि कर्म गर्ने स्थान भनेको पालिकाहरू नै हुन्, पालिकाहरुमा कृषिका विविध विषयका विज्ञ र प्राविधिक नहुनाले कृषक र उद्यमीको लगानी खेर गैरहेको छ ! जति सक्दो छिटो पालिकाहरुमा विषय विज्ञ र प्राविधिकको व्यवस्था गरिनु पर्छ !

  •  0 Reply
  • Aakash Gorkhali

    June 5, 2020, 7:33 a.m.

    काम गर्न गाह्रो भए छोडन पर्यो नि मंत्री ज्यू, अरुले गर्छन काम /

  •  0 Reply

तपाईको प्रतिक्रिया