'जुम एप' बाटै गणित शिक्षकहरुको अभिमुखीकरण कार्यक्रम

 जेठ २२, २०७७ बिहिबार २०:५६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गणित शिक्षा परिषद् धादिङले देशभरका गणित शिक्षकका लागि प्रविधिमा आधारित विद्यार्थी र शिक्षकमैत्री शिक्षक अभिमुखीकरण कार्यक्रम गरिरहेको छ । गएकाे जेठ १६ गतेदेखि सुरु भएकाे कार्यक्रम १५ दिनसम्म चल्नेछ ।

विभिन्न जिल्लाका चार सय २७ जना गणित शिक्षक सहभागी भिडियो अभिमुखीकरण कार्यक्रम विहान साढे ७ देखि ९ बजेसम्म सञ्चालन हुँदै आएको छ ।कार्यक्रममा गणित विषयको शिक्षण कसरी गर्ने भन्नेबारेमा छलफल हुँदै आएको छ ।

अभिमुखीकरण कार्यक्रम जुम एपमार्फत सञ्चालन हुँदै आएको परिषद्का सचिव उत्तम भट्टले जानकारी दिनुभयो । कार्यक्रममा शिक्षा क्षेत्रका व्यक्तिलाई पनि ल्याइने गरिएको छ ।

बिहीबारकाे कार्यक्रममा पूर्व शिक्षा मन्त्री डाक्टर गङ्गालाल तुलाधर सहभागी हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Kamal Das

    June 5, 2020, 7:45 a.m.

    It is golden opportunity for mathematics teachers to learn how to teach maths in classroom. thanks to members of MEC , Dayaman sir and Dayaram sir.

  •  0 Reply

तपाईको प्रतिक्रिया