एकदिवसीय क्रिकेट : नेपाललाई अर्को चुनौती, भेषावकर भोलिको खेल नखेल्ने

 साउन १७, २०७५ बिहिबार ७:४३:० | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय क्रिकेट सिरिज खेलिरहेको नेपाललाई अर्को चुनौती थपिएको छ । नेपालका अलराउण्डर शरद भेषावकर भोलीको खेल खेल्न नसक्ने भएका छन् ।

बुधबार भएको खेलमा फिल्डीङ गर्दा औलामा चोट लागेको थियो । त्यसैले गर्दा बुधबारको खेलमा पनि नेपाल दबाबमा परेको थियो । पहिलो एकदिवसीयमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा समेटिएको थियो ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट सुरुवात गराएका थिए । तर २१ रनको व्यक्तिगत स्कोरमा अनिल साह आउट भएपछि नेपालको पारी धरमराउन शुरु भएको थियो ।

दीपेन्द्र सिंह ऐरीले पारी सम्हाल्न खोजे पनि उनी ३३ रनमा पेभेलियन फर्किएका थिए । त्यसैगरी कप्तान पारस खड्काले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने उनको चल्न सकेन । उनी १२ रनमा आउट भए । शक्ति गौचन ४ रन जोड्दै नट आउट रहे ।

चार जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । आरिफ शेख, सोमपाल कामी र बसन्त रेग्मी, करन केसी खाता नै नखोली आउट भए । सन्दीप लामिछानेले एक रन जोडेका थिए ।

फिल्डिङ गर्दा औंलामा चोट लागेका शरद भेषावकर अन्तिम नम्बरमा ब्याटिङमा आउनु पनि नेपालका लागि दूर्भाग्य नै बनेको थियो । उनी जम्मा ४ रनमा आउट भएपछि नेपालको पारि सकिएको थियो । भोलि शुक्रबार दोस्रो एकदिवसीय हुँदै छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया