प्रदेश १ : नागरिक सुरक्षाका लागि घर–घरमा स्टिकर टाँस्ने अभियान सुरु

 जेठ १४, २०७५ सोमबार १३:२९:९ | प्रकाश धौलाकोटी

तेह्रथुम, जेठ १४ – नागरिक सूचना र सुरक्षाका लागि प्रदेश नम्बर १ मा ‘एक घर एक स्टिकर’ टाँस्ने अभियान सुरु गरेको छ ।

प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनका लागि प्रदेश नम्बर–१, आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यलय तेह्रथुमले सोमबारदेखि घर–घरमा सूचना टाँस्ने अभियान थालेको छ । 

जिल्ला प्रहरी कार्यालयले म्याङलुङ्ग सिंहवाहिनी मन्दिर छेउमा आयोजना गरेको औपचारिक समारोहका बीच जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले एउटा घरमा स्टिकर टाँसेर अभियानको सुरुवात गर्नुभयो ।

सोमबारै जिल्लाका सबै इलाका प्रहरी र प्रहरी चौकीहरुले एक साथ ‘एक घर, एक स्टिकर’ टाँस्ने अभियान थालेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन भुजेलले बताउनुभयो । बिहान म्याङलुङ्ग बसपार्कबाट सुरु भएको सचेतनामुलक ¥यालीले बजार परिक्रमा गरेपछि कोण सभामा परिणत भएको थियो । 

शान्तिपूर्ण र अपराधबिहिन समाज निर्माणका लागि जिल्लाका २२ हजार ९४ घरमा सन्देशमुलक स्टिकर टाँसिने डीएसपी भुजेलले बताउनुभयो । प्रदेश प्रहरी कार्यालय, विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालयको फोन नम्बर र टोल–फ्रि नम्बर उल्लेख भएको स्टिकर जिल्लाका हरेक घरमा टाँसिनेछ । 

त्यो स्टिकरमा उल्लेख भएका सम्पर्क नम्बरका माध्यमबाट गाउँघरमा हुने जुनसुकै घटना, दुर्घटना भए वा नागरिकलाई प्रहरीको सहयोग र सुरक्षा आवश्यक भए प्रहरीलाई फोन गर्नका लागि समेत प्रहरीले आब्हान गरेको छ । प्रहरीका अनुसार सोमबारबाट षे अभियान प्रदेश नम्बर १ का सबै जिल्लामा एक साथ सुरु भएको हो ।

कार्यक्रममा सर्वसाधारणको गुनासो सुन्न तथा सुझाव संकलन गर्दै प्रहरी सेवालाई जनभावना अनूकुल बनाउनका लागि स्टिकर मार्फत नागरिकसम्म पु¥याउने र शान्तिपूर्ण समाज स्थापना गर्ने अभियानको उदेश्यका साथ यो अभियान सुरु भएको हो ।

प्रहरीले समाजमा शान्ति स्थापनार्थ हिंसा, दुर्घटना, अपराधिक क्रियाकलापका विषयमा तत्काल खबर गर्न सर्वसाधारणलाई स्टिकरमार्फत आग्रह गरेको छ । जिल्लाका सबै घरधुरीमा एक महिना भित्रमा स्टिकर टाँसी सक्ने अभियान रहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया