रामेछापका युवा फोहरबाट मोहर बनाउने अभियानमा, उत्पादन नबिक्द...
बैशाख ११, २०८१ मंगलबार
तेह्रथुम –आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले दाहाललाई नियन्त्रणमा लिएर इटहरी फर्किएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका सई देवराज काफ्लेले बताउनुभयो ।
मालपोत कार्यालयको निमित्त प्रमुखको कार्यरत दाहाल नायव सुब्बा हुन् । उनलाई जग्गा रजिष्ट्रेसनमा सेवाग्राहीबाट घुस लिँदै गर्दा रंङ्गेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ ।