आफैले ढालेको रुखले थिचेर एक जनाको ज्यान गयो

 जेठ १४, २०७५ सोमबार २०:३७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम, जेठ १४ – रुखले थिचेर एक जनाको ज्यान गएको छ ।

इलामको  माई नगरपालिका  वडा नम्बर–९, बोरुङका जङ्ग देवानको रुखले थिचेर सोमबार ज्यान गएको हो । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार देवानको आफैले ढालेको रुखले थिचेर ज्यान गएको हो ।

५३ वर्षीय देवानको आफ्नै घर छेउको जङगलमा दाउरा काट्ने क्रममा रुख ढाल्दा रुखले उनैलाई थिचेपछि उनको घटनास्थलमा नै ज्यान गएको हो । देवानको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम ल्याइएको पारिवारिक स्रोतले जनाएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया