४५ प्रतिशत बजेट असार महिनामा मात्रै खर्च

 साउन २०, २०७५ आइतबार १२:२५:१७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – गएको आर्थिक वर्षको कुल बजेट मध्ये ४५ प्रतिशत बजेट असार महिनामा मात्रै खर्च भएको छ । 

अधिकांश विकासको रकम असारमा खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनामा ७ करोड ९३ लाख बजेट खर्च भएको छ । बैतडीमा कुल पुँजीगत बजेट २ अर्ब १५ करोड ७९ लाख मध्ये १ अर्ब ८४ करोड ६४ लाख मात्रै खर्च भएको छ । खर्च भएको रकम मध्ये ४५ प्रतिशतको हाराहारीमा असार महिनामा खर्च भएको प्रमुख कोष नियन्त्रक वासुदेव जोशीले बताउनुभयो ।

अर्थमन्त्रालयले ढिलो रकम निकासा गर्दा रकम फ्रिज हुने र असारमै खर्च भएको देखिने कार्यालयहरुले बताएका छन् ।

जिल्लाका मुख्य विकासे कार्यालयहरुको रकम काम गर्न नसकेर फ्रिज भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ३ करोड ५ लाख, डिभिजन सडक कार्यालयको १५ करोड २१ लाख, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको ८२ लाख जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयको ३ करोड ७२ लाख र जिल्ला समन्वय समिति(जिल्ला प्राविधिक) कार्यालयको ३ करोड ७२ लाख रकम फ्रिज गएको कोष नियन्त्रक जोशीले बताउनुभयो ।

गाँउगाउँमा सरकार पुगे पनि विकास निर्माणका कामलगायत अन्य कामहरु पुरानै शैलीमा भइरहेको प्रति नागरिकहरु असन्तुष्ट भइरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया