पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
बारा - कलैया उपमहानगरपालिका वडा नं २३ अन्तर्गतको मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको सडकको नाम प्रचण्डपथ राखिएको छ । यो सडक कालोपत्रे गर्नको लागि आइतबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नुभएको छ ।
करीब ९ किलोमिटरको यो सडक निर्माणका लागि ४८ करोड ९३ लाख ३८ हजार रुपैयाँ लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ ।
शहरी विकास मन्त्रालयको सहयोगमा यो सडक कालोपत्रे हुनेछ ।