भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
हाँस्यकलाकार किरण केसीले आफ्नो ६० औँ जन्मदिनको अवसरमा ‘दालभात तरकारी’को घोषणा गरेका थिए । यो सिनेमालाई उनका कान्छा छोरा सुदन केसीले निर्देशन गर्दैछन् भने सिनेमाको कथा हरिवंश आचार्यले लेखेका हुन् ।
यतिबेला सिनेमाका लागि कलाकारहरुको छनौट कार्य भैरहेको छ । जानकारी अनुसार यस सिनेमामा अभिनेता पुष्पल खड्का र अभिनेत्री स्वस्तीमा खड्का मुख्य भूमिकामा रहने भएका छन् । तर निर्माण पक्षले यसको आधिकारिक जानकारी दिइसकेको छैन ।
पुष्पलले भदौबाट छायाकंनमा जाने यस सिनेमाको वर्कसप समेत सुरु गरिसकेको बुझिएको छ । त्यस्तै अभिनेत्री स्वस्तीमाले पनि सिनेमाका लागि निर्माण पक्षसँग दुई पटक भेटवार्ता गरिसकेकी छिन् ।
दुई पटकको मिटिङले के निर्णय गरेको छ त्यसको आधिकारिक घोषणा भने केहीदिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिने सिनेमाका निर्देशक सुदन केसीले बताएका छन् । केही दिनमा पत्रकार सम्मेलन गरेर सिनेमाका सबै कलाकारहरुको जानकारी दिने बताउँदै त्यसै दिन सिनेमाको छायाकंन मिति पनि घोषणा गर्ने सुदनले बताए ।
तर शुक्रबार सिनेमाको एउटा पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमाको प्रदर्शन मिति भने सार्वजनिक गरेको छ । यो सिनेमा २०७६ सालको वैशाख १३ गते प्रदर्शनमा आउने भएको छ ।
बुझिए अनुसार यस सिनेमामा अभिनेता विल्सनविक्रम राई पनि मुख्य भूमिकामा रहनेछन् ।
‘दालभात तरकारी’ मह सञ्चारको ब्यानरमा निर्माण हुन लागेको सिनेमा हो ।
-उज्यालाे र गफगाफ डट कमकाे सहकार्य