जुगेडी पुलबाट ट्रक खस्यो : दुई जनाको ज्यान गयो, एक घाइते

 साउन २६, २०७५ शनिबार ७:३१:१ | रासस

चितवन – चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । 

आज बिहान ४ः४० बजे भारतबाट काठमाडाैं जाँदै गरेको एमएच९४२९टी ९०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा परि ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ ।चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः२० बजे मृत्यु भएको र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनामा भारत बलरामपुरकै ४० वर्षका फिरोज आलम घाइते भएको र उनको अहिले त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया